प्रभु बैंक र वन्डर्स नेपालबीच बैंकिङ कारोबार सम्बन्धि सम्झौता « Arthapath.com
१५ असार २०८२, आईतबार

प्रभु बैंक र वन्डर्स नेपालबीच बैंकिङ कारोबार सम्बन्धि सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र ‘वन्डर्स नेपाल’बीच महत्वपूर्ण बैंकिङ कारोबारको सम्झौता भएको छ ।

महत्वपुर्ण बैंकिङ कारोबार र नयाँ सम्बन्धका लागि दुई संस्थाबीच सम्झौता भएको हो । यो सम्झौताले दुबै संस्थाको विकास र सहयोगका लागि नयाँ अवसरहरु सृजना हुने बैंकले विश्वास लिएको छ ।

सम्झौतापत्रमा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठ, निर्देशक पदम प्रसाद न्यौपाने र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक मन्जयराज पाण्डे र वरिष्ठ बजार व्यवस्थापक शेखरराज बास्ताकोटीले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्