फेरि बढ्न थाल्यो अन्तर बैंक ब्याजदर: बैंकिङ्ग प्रणालीमा एकैदिन ७ अर्ब भित्रीयो, कर्जा लगानी पनि ६ अर्बले बढ्यो

काठमाडौं । बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर फेरी बढ्न थालेको छ । गत हप्ता घटेर २ प्रतिशत हारहारीमा झरेको उक्त ब्याजदर यो हप्ता भने ह्वात्तै बढेको हो।
सोमबार बैंकहरुबीच अन्तर सापटीको ब्याजदर ५.११ प्रतिशत पुगेको हो । आइतबार नै त्यो ४ प्रतिशत भन्दा कम थियो । राष्ट्र बैंकका अनुसार आइतबार अन्तर बैंक कारोबारको ब्याजदर ३।९५ प्रतिशत थियो । तर, एकै दिन त्यो ह्वात्तै बढेको हो ।
बिशेषगरि पछिल्लो समय कर्जाको माग न्युन हुदाँ अन्तर बैंक कारोबार पनि न्यून छ । त्यसले गर्दा यस्तो व्याजदर घट्दै गएको थियो । केही समय अघि साढे ८ प्रतिशत रहेको यस्तो व्याजदर घटेर २ प्रतिशत हाराहारी आएको थियो । तर, अहिले भने यस्तो व्याजदर बढेको हो । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन । त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ । हाल बैन्किङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप भित्रीएको छ । नेपाल रास्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यो गत सोमबारसम्मको अपडेट हो ।शनिबारसम्ममा भने ५५ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो ।
बाणिज्य बैंकमा एकैदिन ७ अर्बले निक्षेप बढेर ४९ खर्ब २७ अर्ब पुगेको छ । आइतबारसम्म भने बाणिज्य ४९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ । आइतबारसम्म आइपुग्दा कुल कर्जा लगानी ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । बाणिज्य बैंकको मात्रै कर्जा लगानी एकैदिन ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८४ प्रतिशत भन्दा तल झरेको छ । एकदिनमै सीडी रेसियो शून्य दशमलव २ प्रतिशतले घटेको छ । योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८३.९२ प्रतिशत कायम भएको छ । गत आइतबारसम्म भने सीडी रेसियो ८४.०२ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।