राष्ट्र बैंकलाई मौद्रिक नीतिको चटारो, बिहीवार सरोकारवाला क्षेत्रसँग छलफल बोलायो « Arthapath.com
१३ असार २०८०, बुधबार

राष्ट्र बैंकलाई मौद्रिक नीतिको चटारो, बिहीवार सरोकारवाला क्षेत्रसँग छलफल बोलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिका लागि सुझाव दिन सरोकारवालालाई बोलाएको छ । राष्ट्र बैंकले सुझाव माग गर्न भोलि अर्थात असार १४ गते बिहिवार सबै क्षेत्रलाई बोलाएको हो ।

नेपाल राष्ट्र बैंक आगामी आवको मौद्रिक नीति ल्याउने अन्तिम कसरतमा छ । त्यसको लागि राष्ट्र बैंकको धौडधुप बढ्दैछ । सकेसम्म असारको अन्तिम साता या साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउनेगरि राष्ट्र बैंक अघि बढेको छ । सोही क्रममा निजी क्षेत्र, उद्योगि, बैंक तथा वित्तीय लगायतका सरोकारवाला क्षेत्रलाई राष्ट्र बैंकले छलफलको लागि बोलाएको हो । मौद्रिकको नितिको अन्तिम तयारीको लागि बोलाइएको उक्त छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

मौद्रिक नीतिमा वर्तमान आर्थिक संकट, उच्च व्याजदर, कर्जाको न्यून माग लगायतका अवस्थालाई सम्बोधन गर्नुपर्ने बाध्यता छ । साथै, सरकारले हालै सार्वजनिक गरेको बजेटको कार्यान्वयनमा सघाउ पुग्ने गरि पनि मौद्रिक नीति ल्याउन आवश्यक छ । समग्रमा अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्