भोलि सार्वजनिक बिदाका दिन समेत सनराइज बैंकका २१ शाखा खुला रहने

काठमाडौं । बिहिबार अर्थात असार १४ बकर ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने भएपनि सनराइज बैंक लिमिटेडले सेवा प्रदान गर्ने भएको छ ।
आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै भोलि बिदाका दिन समेत बैंकिङ्क सेवा प्रदान गर्ने जनाएको छ । कम्पनीका बिहान १० बजेदेखि १ः३० बजेसम्म २१ शाखा कार्यालय खुला राख्ने भएको हो ।
