प्रभु बैंकका संचालक मन बहादुर राईको राजीनामा स्वीकृत

काठमाडौं । प्रभु बैंकका संचालक मन बहादुर राई (संस्थापक समूह) ले दिएको राजिनामा स्वीकृत भएको छ । असार १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले राईको राजिनामा स्वीकृत गरेको हो ।
उनले आफ्नो घरायसी/व्यवहारिक कारण देखाउँदै संचालक पदका राजिनामा दिएका थिए ।
