प्राइम कमर्सियल बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा « Arthapath.com
१४ असार २०८२, शनिबार

प्राइम कमर्सियल बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा उक्त अवधिमा कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने जो कोहीले पनि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्