नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

कठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले असार १७ गते बोर्डमा ३० लाख कित्ता ऋणपत्र निष्कासन अन’मति मागेको हो । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८७ नामक ऋणपत्र निष्कासन गर्न छ ।
विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।