प्रतिकित्ता १३५ रुपैयाँमा नै सिटिजन्स बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ११ लाख कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य १३५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खदिर गर्ने चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार २० गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी काठमाडौंमा आवेदन दिन सकिनेछ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदकका लागि जेठ १७ गते ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।