बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५८३ « Arthapath.com
१४ असार २०८२, शनिबार

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५८३



काठमाडौं । जेठसम्म कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखाएको हो ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या जेठ मसान्तमा ११९ रहेको छन् । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या जेठ मसान्तमा ११ हजार ५८३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्