खरिद गर्ने होइन त सिद्धार्थ बैंकको सेयर, आजदेखि साढे एक लाख कित्ता बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयरमा आवेदन दिन चाहने इच्छुक विद्यमान संस्थापकहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार २६ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
साथै, सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।