एकैदिन ग्लोबल आइएमई बैंकले ल्यायो दुई नयाँ शाखा कार्यालय संचालनमा « Arthapath.com
१४ असार २०८२, शनिबार

एकैदिन ग्लोबल आइएमई बैंकले ल्यायो दुई नयाँ शाखा कार्यालय संचालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं उपत्यकामा एकै दिन दुई शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै बैंकले शाखा विस्तार गरेको हो । यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवा संचालन भएका हुन् ।

मुलुकभर ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्