प्रभु बैंकले कति तोक्यो नयाँ ब्याजदर ? « Arthapath.com
१४ असार २०८२, शनिबार

प्रभु बैंकले कति तोक्यो नयाँ ब्याजदर ?



काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले भोलि अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर निर्धारण गरेको हो ।

बैंकले आइतबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचता खातामा न्युनतम ४.५० प्रतिशत र अधिकतम ८.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

असार महिनाका तुलनामा बैंकले साउनमा भने ब्याजदर घटाएको हो । यसअघि बैंकले साधारण बचत खातामा न्युनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र व्यक्तिगत तर्फ ९.५० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा भने १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

बैंकले कर्जाको ब्याजदरमा भने थप ५ प्रतिशतसम्म प्रिमियम जोडिने जनाएको छ । बैंकले आधार दरमा ५ प्रतिशसम्म प्रिमियम थपेर कर्जा प्रदान गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्