प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् ।
सेयर बिक्री गर्ने संस्थापक सेयरधनीको नाम र बिक्री मूल्यको सम्बन्धमा कम्पनी सचिव कार्यालयमा सम्पर्क गरी बुझ्न सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।