माछापुच्छ्रे बैंकले घटाएको नयाँ ब्याजदर आजदेखि लागू, कुनमा कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
आगामी साउन महिनाका लागि बैंकले ब्याजदर घटाएको छ । नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्युनत४.८५ प्रतिशत ब्याज दिनेछ भने अधिकतम ६.८५ प्रतिशत तोकेको छ।
बैंकले संस्थागत मुद्दति निक्षेपमा ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । असारमा पनि बैंकले मुद्दति निक्षेपको ब्याजदर सोही तोकेको थियो । यस्तै, बैंकले रेमिट्यान्स खातामा १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले कर्जाको ब्याजदर पनि घटाएको छ । अगामी साउन महिनाका लागि बैंकले कर्जाको पनि ब्याजदर घटाएको हो । बैंकले आधार दरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रदान गर्नेछ ।