कामना सेवा विकास बैंकका ग्राहकहरुलाई लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच सम्झौता भएको छ । कम्पनीले साउन ४ गते बिहिबार मर्चेन्ट सम्झौता सम्पन्न गरेको हो ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले नक्साल, काठमाडौंमा रहेको रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।