मर्जर पछि यस्तो देखियो लक्ष्मी सनराइज बैंकको नाफामा छलाङ, यस्ताे छ वित्तीय सूचक (विवरणसहित)

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा छलाङ आएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको मुनाफा ४९.४५ प्रतिशतले बढेर २ अर्ब २६ करोड १८ लाख ८९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ५१ करोड ३४ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा आकर्षक सुधार आउँदा कम्पनीको मुनाफा समेत बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशतले बढेर ५ अर्ब ५० करोड ७१ लाख २५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ७६ करोड ३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १५ करोड ४१ लाख १९ हजार रुपैयाँ रहेको संचालन नाफा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा ५८.९० प्रतिशतले बढेर ३ अर्ब ४२ करोड २७ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ८७.५९ प्रतिशतले बढेर २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ, जगेडा कोष १४ अर्ब ५ लाख ६८ हजार रुपैयाँ, वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख ३१ हजार रुपैयाँ र खराब कर्जा १.९२ प्रतिशतले बढेर २.८१ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ ।