१८.८० प्रतिशतले घट्यो प्राइम कमर्सियल बैंकको नाफा, खराब कर्जा र ईपीएस कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा मुनाफा १८.८० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ७८ करोड ७३ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँ कमाएको हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७.६६ प्रतिशतले बढेर ७ अर्ब २७ करोड ९७ लाख ४३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब १८ करोड ६९ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १३.७८ प्रतिशतले घटेर ३ अर्ब ४० करोड ६७ लाख ३९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ अर्ब ९५ करोड १४ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ८ अर्ब ८० करोड ७७ लाख १५ हजार रुपैयाँ, वितरणयोग्य नाफा २० करोड ४८ लाख ३९ हजार रुपैयाँ र खराब कर्जा ४.२३ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४५ पैसा रहेको छ ।