लाभांश बाँड्न लुम्बिनी अब्बल, गरिमा, शाइन रेसुङ्गा र मुक्तिनाथले कति दिन सक्छन् ? « Arthapath.com
२२ श्रावण २०८०, सोमबार

लाभांश बाँड्न लुम्बिनी अब्बल, गरिमा, शाइन रेसुङ्गा र मुक्तिनाथले कति दिन सक्छन् ?



काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश क्षमता उच्च देखिएको छ । संचालनमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकमध्ये लुम्बिनीको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११.६१ प्रतिशत लाभांश बाड्ने क्षमता बनाएको हो । गत आवको चौथो त्रैमासिक वित्तीय विवतरण अनुसार बैंकको वितरणयोग्य नाफा ३९ करोड २७ लाख ६२ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी ३ अर्ब ३८ करोडल२८ लाख २१ हजार रुपैयाँ छ । यसका आधारमा बैंकको यस वर्ष आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश दिन सक्नेछ ।

दोस्रो नम्बरमा भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेकोछ । गत आवमा बैंकको वितरणयोग्य नाफा ४८ करोड ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई ११.३६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।

तेस्रो स्थानमा भने गरिमा विकास बैंक देखिएको छ । बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई १०.७४ प्रतिशत लाभांश दिने सक्ने क्षमता बनाएको छ । हाल बैकको वितरणयोग्य नाफा ५५ करोड ७२ लाख ७१ हजार रुपैयाँ र चुक्तापूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले यस वर्ष साढे ११ प्रतिशत लाभांश बाँड्न सक्नेछ ।

त्यस्तै, नाफामा नम्बर वान रहेको मुक्तिनाथ विकास बैंक भने लाभांश वितरण क्षमतामा चौथो नम्बरमा रहेको छ । बैंकको वितरणयोग्य नाफा ६४ करोड ४० लाख ७२ हजार रुपैयाँ र चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ रहेको छ । यसैका आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई १०.०३ प्रतिशत लाभांश दिन सक्नेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार महालक्ष्मी विकास बैंकको लाभांश ८.०६ प्रतिशत रहेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई सो बराबरको लाभांश बाँड्न सक्नेछ । हाल बैंकको वितरणयोग्य नाफा ३३ करोड ६३ लाख ३० हजार रुपैयाँ र चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको छ ।

लाभांश क्षमतामा सांग्रिला डेभलपमेन्ट बैंक भने छैटौ स्थानमा छ । बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई ७.६१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल बैंकको वितरणयोग्य नाफा २४ करोठ ८९ लाख ५४ हजार रुपैयाँ र चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, लाभांश क्षमतामा ज्योति विकास र कामना सेवा विकास बैंक क्रमशः सातौ नम्बर र आठौ नम्बरमा रहेका छन् । ज्योति विकास बैंकको वितरण योग्य नाफा २२ करोड ७८ लाख ८९ हजार रुपैयाँ र चुक्तापूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ । यस आधारमा ज्योतिले आफ्ना सेयरधनीहरुलाई ५.१८ प्रतिशत लाभांश दिन सक्नेछ ।

साथै, कामना सेवा विकास बैंकको लाभांश क्षमता निकै कम रहेको छ । वितरणयोग्य नाफा ५करोड ८० लाख ९५ हजार रुपैयाँ र चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ । यसमा आधारमा १.७७ प्रतिशत लाभांश दिन सक्नेछ ।

स्रोत: सम्वन्धित बैंकहरुको त्रैमासिक रिपोर्ट, रकम हजारमा

प्रतिसेयर आम्दानीमा मुक्तिनाथको अग्रता, शाइन रेसुङ्गाले बढायो

राष्ट्रिय स्तरका आठ विकास बैंक मध्ये गरिमा विकास बैंकको प्रतिसेयर आम्दानी बढी रहेको छ । लाभांश क्षमता पनि अग्र रहेको गरिमाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४ पैसाले बढि हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा रहेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट हेर्दा सबै भन्दा धेरै प्रतिसेयर आम्दानी हुने दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २४ पैसा रहेको छ । जुन अघिल्लो आवको भन्दा २ रुपैयाँ ९८ पैसाले कम हो ।

तेस्रो स्थानमा रहेको शाइन रेसुङ्गाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३७ पैसाले रहेको छ । जुन अघिल्लो आवको भन्दा १ रुपैयाँ ३ पैसाले धेरै हो । त्यस्तै प्रतिसेयर आम्दानी गर्ने राष्ट्रिय स्तरका विकास बैंकहरुमा क्रमशः लुम्बिनी विकास बैंकको २ रुपैयाँ ४६ पैसाले घटेर १८ रुपैयाँ ११ पैसा, कामना सेवा विकास बैंकको ६ रुपैयाँ९४ पैसाले बढेर १३ रुपैयाँ १४ पैसा, ज्योति विकास बैंकको ३ रुपैयाँ ८६ पैसाले घटेर १२ रुपैयाँ ५८ पैसा, महालक्ष्मी विकास बैंकको १२ रुपैयाँ ४४ पैसाले घटेर ११ रुपैयाँ २९ पैसा र सांग्रिला डेभलपमेन्ट बैंकको ९ रुपैयाँ २७ पैसाले घटेर १० रुपैयाँ ५२ पैसा रहेको छ ।

स्रोत: सम्वन्धित बैंकहरुको त्रैमासिक रिपोर्ट, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्