पाँच वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई हिमालयन बैंकको आग्रह

काठमाडौं । हिमालयन बैंक लिमिटेड साविक सिभिल बैंकले आफ्नो सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५०/५१ देखि २०७४/७५ सम्मको नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र, विवरण, आवश्यक कागजात लिएर हिमालयन क्यापिटल लिमिटेड ठमेल र कर्मचारी संचयकोष भवन काठमाडौंमा एक महिनाभित्र नगद लाभांश रकम भुक्तानी लिन बैंकले आग्रह गरेको छ ।
साथै, १० वर्ष वा सोभन्दा बढी समयदेखि सञ्चालनमा नरहेको खाताहरु र ५ वर्षभन्दा अघिदेखि लाभांश लिन नआएका ग्राहकहरुको नामसहितको विवरण बैंकको वेबसाइट www.himalayanbank.com मा रहेको बैंकले जानकारी दिएको छ ।