प्रभु बैंकका सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह « Arthapath.com
२९ श्रावण २०८०, सोमबार

प्रभु बैंकका सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह



काठमाडौं । प्रभु बैंककले पुरानो लाभांश लिन ग्राहकहरुलाई आग्रह गरेको छ। बैंककले साविक सेञ्चुरी बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट, सेती फइनान्स लिमिटेडको विभिन्न साधारण सभाबाट पारित गरिएको नगद लाभांश लिन छुटभएका सेयरधनीहरुलाई आग्रह गरेको हो ।

सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा छुट भएका नगद लाभांश संकलन गर्ने आग्रह गरेको छ ।

साथै, नगद लाभांश लिन बाँकी रहेको सेयरधनीहरुको नाम सहित विस्तृत विवरण बैंकको वेबसाइटमा www.prabhubank.com/investor-relation मार्फत हेर्न सकिने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्