नबिल बैंकले तोक्यो भोलिदेखि लागू हुनेगरि नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात भदौ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले विभिन्न खातामा ब्याजदर तोकेको छ । बैंकले साउन महिनाको तुलनाकै ब्याजदर भदौमा पनि लागू हुने जनाएको छ ।
बैंकले आगामी भदौ महिनाका लागि साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा भने ८.९० प्रतिशत ब्याज दिने भएको छ
बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ । भने व्यक्तिगत तर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
यता, रेमिट्यान्स खातामा भने १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले कर्जाका लागि भने अधिकतम ५ प्रतिशत प्रिमियम जोडिने जनाएको छ । हाल बैंकको आधार दर ९.५२ प्रतिशत छ ।
यस्तो बैंकले भदौ महिनाका लागि तोकेको नयाँ ब्याजदर
