बढाएर सार्वजनिक गर्यो ग्लोबल आइएमई बैंकले भोलिदेखि लागू हुने नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात भदौ १ गतेगदेखि लागू हुनेगरि नयाँ ब्याजदर तोकेको हो ।
आगामी भदौ महिनामा बैंकले विभिन्न खातामा ब्याजदर बढाएको छ । नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातमा न्युनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
भदौका लागि रेमिट्यान्स बचतमा भने ९.९६६ प्रतिशत ब्याज प्रदान गर्नेछ । तर, साउनमा भने बैंकले न्युनतम ५ देखि ७ प्रतिशतसम्म ब्याज दिएको थयो ।
भदौमा बैंकको मुद्दती निक्षेपमा संस्थागत तर्फ ८.८९६ प्रतिशत ब्याज पाइने छ भने व्यक्तिगत तर्फ १०.८९६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । यता, रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
साउनमा भने बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याज प्रदान गरेको थियो ।
कुनमा कति पाइन्छ ब्याज ?
