यस्तो छ राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि लागू गरि निर्धारण गरेको नयाँ ब्याजदर, कुनमा कति ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि लागू गरि निर्धारण गरेको नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले भोलि अर्थात भदौं १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर निर्धारण गरेको हो ।

अगामी भदौ महिनामा बैंकले साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जुन, साउनको तुलनामा बढी हो । साउनमा बैंकले ब्याजदर ६.९९ र ८.९९ प्रतिशत तोकेको थियो ।

यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । यता, कर्जाको ब्याजदरमा भने न्युनतम १.५ प्रतिशतदेखि अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम थपिने बैंकले जनाएको छ । हाल बैंकको आधार दर ८.०२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्