लाभांश घोषणा गर्ने पहिलो बैङ्क बन्यो माछापुच्छ्रे, यस्तो छ १७ वर्षे लाभांश इतिहास  « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

लाभांश घोषणा गर्ने पहिलो बैङ्क बन्यो माछापुच्छ्रे, यस्तो छ १७ वर्षे लाभांश इतिहास 



काठमाडौं । माछापुच्छ्रे बैंक गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । गत वर्ष सेयरधनीहरुको हात खाली बनाएको बैंकले यस वर्ष भने १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले आफ्ना सेयरधनीलाई १ अर्ब ४३ करोड ६० लाख १ हजार रुपैयाँ लाभांश बाँडन लागेको हो ।

गत वर्ष बैंकले १ अर्ब ५६ करोड ७६ लाख ४४ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । जुन अघिल्लो आवकोतुलनामा बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशतले वृद्धि भएको थियो । यसका आधारमा बैंकले आफ्ना सेयधनीहरुलाई १५.२९ प्रतिशत लाभांश दिने क्षमता बनाएको थियो ।

यद्यपि, गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश बाँड्ने बैंकले घोषणा गरेको छ । हाल बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ६ करोड ४८ लाख ५४ हजार रुपैयाँ राखेको छ।

गत वर्ष बैंकले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तो छ बैंकको १७ वर्षे लाभांश इतिहास:


प्रतिक्रिया दिनुहोस्