व्यक्तिगत घर कर्जामा साढे ३ खर्ब कर्जा प्रवाह « Arthapath.com
१५ भाद्र २०८०, शुक्रबार

व्यक्तिगत घर कर्जामा साढे ३ खर्ब कर्जा प्रवाह



काठमाडौं । गत वर्ष वर्ष व्यक्तिगत घर कर्जा तीन प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्ष २०७९/८० मा डेढ करोडसम्म सिमाको व्यक्तिगत घर कर्जा ३.१ प्रतिशतले मात्रै बढेको हो ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत आवमा यस्तो कर्जा १० अर्ब ३२ करोड २३ लाख रुपैयाँले बढेको छ ।

अघिल्लो आव २०७८/७९ मा यस्तो कर्जा ३९ अर्ब ५३ करोड ८४ लाख रुपैयाँले बढेको थियो । प्रतिशतको आधारमा १३.३ प्रतिशतले बढेको थियो । तर, गत आवमा तरलता अभाव र घरजग्गाको कारोबारमा आएको कमीका कारण यस्तो कर्जा प्रवाहमा कमी आएको हो ।

गत आवसम्म यसमा कुल ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । २०७९ असार मसान्तसम्म ३ खर्ब ३७ अर्ब ७९ करोड ९० लाख र २०७८ असारसम्म २ खर्ब ९८ अर्ब २६ करोड ६ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो । यसरी पछिल्लो समय व्यक्तिगत घर कर्जा प्रवाह बढेको छ ।


प्रतिक्रिया दिनुहोस्