समृद्धि फाइनान्सको वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम « Arthapath.com
२२ भाद्र २०८०, शुक्रबार

समृद्धि फाइनान्सको वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम



काठमाडौं । समृद्धि फाइनान्सले वित्तीय साक्षरत तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले शुक्रबारको पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये भदौ महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ज्ञान, बचतको फाइदा र समृद्धि फाइनान्सको महिला लक्षित योजनाहरुको बारेमा प्रस्तुति दिनुका साथै उक्त महिलाहरुलाई हरितालिका तिजको उपलक्ष्यमा श्रृंगारका सामाग्रीहरु वितरण गरी दर कार्यक्रम सम्पन्न गरेको छ ।

गैह्र सरकारी संस्था महासंघ वाग्मति प्रदेशको अध्यक्ष आरती पाठकको आतिथ्य तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु चलाई रहेको छ । यस महिनामा समृद्धि फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्जादरको प्रतिफलका साथै नि:शुल्क डिजिटल बैङ्किगको फाइदा लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्