कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा

काठमाडौं । गरिमा विकास बैंकले कीर्तिपुरमा आफ्नो १२२औं शाखा कार्यालय संचालन गरेको छ ।
विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ ।
आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै ऐतिहासिक धरोहर बोकेको कीर्तिपुरमा शाखा कार्यालय संचालन गरेको हो । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।
हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।