राष्ट्र बैंकले वाणिज्य बैंकका सीइओसँग गरेको छलफलमा के-के भयो ? « Arthapath.com
१७ आश्विन २०८०, बुधबार

राष्ट्र बैंकले वाणिज्य बैंकका सीइओसँग गरेको छलफलमा के-के भयो ?



काठमाडौँ । नेपाल राष्ट्र बैङ्क वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग बुधवार छलफल गरेको छ । 

छलफलमा विशेषगरि पछिल्लो वित्तीय अवस्थाका बारेमा छलफल गरिएको हो । राष्ट्र बैङ्कको सुपरभिजन विभागले पछिल्लो वित्तीय अवस्था लगायतका विषयमा मात्रै छलफल गरिएको छलफलमा सहभागि एक बैङ्कका सीइओले बताए । उनका अनुसार वाणिज्य बैङ्कहरूले अडिट गर्दा देखिएका समस्या र कमजोरीको विषयमा छलफल भएको हो । 

विशेषगरि वर्षैपिच्छे गर्ने बैङ्कहरूको अडिट इन्फेक्शनको बारेमा मात्रै छलफल भएको ती सीइओले बताए । उनले अर्थ पथसँग भने,–‘अडिट इन्फेक्शनमा पाइएको कैफियतका विषयमा मात्रै छलफल भयो । अडिटमा विभागले पाएको कैफियत, बैङ्कहरूको कमजोरी केके छन् भन्ने विषय विषयमा छलफल भएको हो ।’

राष्ट्र बैंकले अधिकांश बैंकको उस्तैउस्तै कजोरी समस्या औल्याएको थियो । अडिटमा केही बैङ्कहरूले नियमाकीय  व्यवस्थाअनुसार प्रोभिजन नगरेको, सब्सिडी लोनको दुरुपयोग, बोर्ड बैठक नियमित रूपमा नभएको जस्ता कमजोरी सुधार्न गभर्नर महाप्रसाद अधिकारीले सुझाव दिएका थिए । 

बोर्डले हरेक विषयमा राम्रोसँग छलफल नगरी हतारमा निर्णयहरू हुने गरेकाले आगामी दिनमा त्यसलाई सुधार्न सुझाव दिएका हुन् । गभर्नर अधिकारीको भनाई उद्धत गर्दै एक बैङ्कका सीइओले भने,–‘अडिटमा केही बैङ्कहरूले नियमाकीय  व्यवस्थाअनुसार प्रोभिजन नगरेको, सब्सिडी लोनको दुरुपयोग, बोर्ड बैठक नियमित रूपमा नभएको जस्ता कमजोरीहरू देखिएका छन् । यस्ता कैफियतहरू आगामी दिनमा सुधार्न गर्नुहोला ।’ उनले थपे,–‘बैङ्कहरूमा बोर्ड मिटिङ नियमित नहुने गरेको पाइएको छ, एकै पटक धेरै एजेन्डामा डिशकश हुने हुँदा त्यसबाट गुणस्तरीय निर्णय र छलफल हुन सक्दैन । यस्ता विषयमा ध्यान दिन आग्रह गर्दछु।’ नियमित रूपमा एजेन्डा अनुसार छलफल गरेर अघि बढ्नुपर्ने गभर्नर अधिकारीले बताएका थिए । 

बैङ्कका सीईओहरुले पनि वर्तमान वित्तीय अवस्था, समस्या र चुनौती लगायतका बारेमा सुझाव पेस दिएका थिए । छलफलमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर द्वय निगम ढुङ्गाना, बम बहादुर मिश्र, विभिन्न विभाग कार्यकारी निर्देशक र वाणिज्य बैङ्कका सीइओहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्