वलनट बिस्ट्रो एण्ड ब्याङक्वेटमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकले वलनट बिस्ट्रो एण्ड ब्याङक्वेट छुट पाउने भएका छन् । विभिन्न सेवाहरुमा छुट प्रदान गर्न बिहीबार बैंक र ब्याङक्वेटबीच समझदारी भएको छ ।
पछिल्लो समय डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे छन् । सोहही सन्दर्भमा आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले ब्याङक्वेटसंग सहकार्य गरेको हो । अब कुमारी बैंकका ग्राहकले ब्याङक्वेटमा आकर्षक छुट पाउनेछन् ।
सम्झौता अनुसार कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।