सरकारकाे दबाबपछि राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, व्यक्तिगतमा १५ र संस्थागतमा २० करोड « Arthapath.com
१८ आश्विन २०८०, बिहीबार

सरकारकाे दबाबपछि राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, व्यक्तिगतमा १५ र संस्थागतमा २० करोड



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन परिमार्जन गरि सेयर धितो कर्जाको सीमा बढाएको हो । २ सातादेखि सरकारले सेयर बजार खुकुलाे बनाउन राष्ट्र बैंकलाई दबाब दिँदै आएकाे थियाे ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारकाे कर्जामा लाग्दै आएकाे सिमा हटाउन राष्ट्र बैंकलाई निरन्तर दबाब दिँदै आएका थिए ।

बिहीबार राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको केन्द्रीय बैंक सर्कुलर मार्फत जनाएको छ ।

यसअघि सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड रुपैयाँ कायम गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्