घर जग्गा धितोको कर्जा सीमा पनि बढ्यो, अब ५० प्रतिशतसम्म ऋण पाइने « Arthapath.com
१८ आश्विन २०८०, बिहीबार

घर जग्गा धितोको कर्जा सीमा पनि बढ्यो, अब ५० प्रतिशतसम्म ऋण पाइने



काठमाडौं । घर जग्गा कर्जामा धितो सीमा खुकुलो भएको छ । बिहीबार एकीकृत निर्देशन २०७९ लाई परिमार्जन गर्दै केन्द्रीय बैंकले घर जग्गा कर्जामा धितोको सीमा बढाएको हो ।

काठमाडौं उपत्यका पनि घर जग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्नसक्ने छन् । यसअघि काठमाडौं उपत्यकामा बैंकले घर जग्गा कर्जामा धितोको ४० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको थियो ।

तर, केन्द्रिीय बैंकले हाल काठमाडौंभित्रको घरजग्गा कर्जामा धितोको सीमा बढाएर ५० प्रतिशतसम्म पुर्याएको हो । यद्यपि, यसअघि पनि उपत्यका बाहिर ५० प्रतिशत नै थियो ।

तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय
कम्पनी/परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने केन्द्रिीय बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकले घर जग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्