कर्जामा गर्नुपर्ने प्रोभिजन घट्यो, नयाँ व्यवस्था अनुसार अब कति ? « Arthapath.com
१८ आश्विन २०८०, बिहीबार

कर्जामा गर्नुपर्ने प्रोभिजन घट्यो, नयाँ व्यवस्था अनुसार अब कति ?



काठमाडौं । असल कर्जाको न्युनतम कर्जा नोक्सानी व्यवस्था अर्थात प्रोभिजन घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७९ लाई परिमार्जन गर्दै असल कर्जाको न्युनतम कर्जा नोक्सानी व्यवस्था शून्य दशमलव शून्य ५ प्रतिशतले घटाएको हो ।

एकीकृत निर्देशन परिमार्जन गर्दै केन्द्रिीय बैंकले यस्तो व्यवस्था १.२५ प्रतिशतमा झारेको हो । तर, यसअघि असल कर्जाको नोक्सानी मूल्यांकन १.३० प्रतिशत रहेको थियो ।

बैंकहरुले असल कर्जामा १.२५ प्रतिशत, सुक्षम निगरानीको कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था अर्थात् प्रोभिजन गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्