सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ? « Arthapath.com
३ कार्तिक २०८०, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकको कात्तिक ३ गते बसेको संचालक समिति बैठकले आफ्ना सेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकको स्वीकृति भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्