स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने भएको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
अब उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।