प्रभु बैंकका सिइओ शेरचनको नियुक्त कानुनसम्मत रहेको अदालतको ठहर, रिट निवेदन खारेज

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनको पुन: नियुक्ति विरुद्धको रिट खारेज गरेको छ ।
बुधवार न्यायधीशद्वय महेश पौडेल र प्रकाश खरेलको इजलासले सिईओ शेरचनको नियुक्ति कानुनसम्मत रहेको ठहर गरेको हो । सोही ठहरपछि रिट निवेदन अदालतले खारेज गरिदिएको हो ।
साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिगरेपछि प्रभु बैंकले सिईओमा शेरचनलाई निरन्तरता दिएको थियो । उनको नियुक्ति बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन, २०७३ को प्रावधान विपरित रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले गत वर्ष २०७९ माघमा मुद्दा दायर गरेकी थिइन् ।