नबिल बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

काठमाडौँ । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ७ गते बसेको संचालन समितिको बैठकले हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारणसभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।