एनएमबि बैंकले यो लाभांश नबाड्ने, सेयरधनीको हात रित्तो « Arthapath.com
२० असार २०८२, शुक्रबार

एनएमबि बैंकले यो लाभांश नबाड्ने, सेयरधनीको हात रित्तो



काठमाडौं । एनएमबि बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बुधवार बसेका बैंक संचालक समितिको बैठकले यो वर्ष लाभांश नबाड्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरि संचित गर्ने भएको हो । सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र स्वीकृति पश्चात साधारण सभाबाट पारित गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्