देशको विकासका लागि वैदेशिक लगानी आवश्यक छ, हेजिङ सहज बनाउनुपर्छ: अध्यक्ष केसी

काठमाडौं । बैकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्दै जाने बताए । हाल कर्जाको ब्याजदर पनि १ प्रतिशतले घटेको केसीले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारसभाको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले कको आधारदर (बेसरेट) एकल अंकमा रहेको समेत जानकारी गराए । आगामी दिनमा ब्याजदर अझै घट्दै जाने उनको भनाई थियो ।
नेपालको उत्पादनमुखी क्षेत्र, जलविद्युत, कृषि लगायतका क्षेत्रमा उल्लेख्य योगदान रहेको केसीले बताए । उत्पादनमुखी क्षेत्रमा करिब १७०० अर्ब र जलविद्युत क्षेत्रमा ३०० अर्ब बढीको लगानी नेपाली बैंकिङ्ग क्षेत्रले गरेको स्मरण गराए । स–सानादेखि ठुला ठुला आयोजनासमेत लगानी गरिहेकाले बैंकिङ्ग क्षेत्रको योगदान महत्वपूर्ण रहेको उनको भनाई छ ।
उनले भने, ‘नेपालको बैंकिङ्ग क्षेत्रले १७ सय अर्ब बढीको लगानी उत्पानमुखी क्षेत्रमा, उर्जा, कृषि लगायत साना साना उद्योग व्यवसायमा गरेको छ । अहिले जलविद्युतको क्षेत्रमा देखिएको उत्साह छ, यसमा नेपालको बैंकिङ्ग क्षेत्रको ठुलो योगदान छ । जलविद्युतमा मात्रै हाम्रो ३०० अर्ब बढीको लगानी छ । त्यसले आज नेपालको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ ।’
बैंकहरुकै लगानीका कारण आज ठुला ठुला सिमेन्ट उद्योगहरु आत्मनिर्भर भएको केसीको दावी छ । सोही अवसमार देश विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको भन्दै यसका लागि आवश्यक पूर्वाधार रिफम हुँदै जानुपर्ने उनले बताए ।
यस्तै, हेइजिङलाई सहज बनाउन आवश्यक रहेको उनको भनाई छ । ‘बैंकिङ्ग क्षेत्रलाई अगाडि बढाउन योगदान दिने भनेको एफडिआइ हो । किनभने अन्तर्राष्ट्रिय रुपमा पनि काम गर्नुपर्ने हुन्छ । देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको, यसका लागि आवश्यक पूर्वाधारहरु रिफम हुँदै जानुपर्ने महशुस गरेका छौं ।’
सोही अवसरमा नेपालको क्रेडिट रेटिङ, कन्ट्री रेटिङ गर्न हुन आवश्क औल्याए । उनले भने, ‘पहिलो कुरा नेपालको क्रेडिट रेटिङ, कन्ट्री रेटिङ गर्न हुन आवश्क छ । जुन अहिलेसम्म हुन सकेको छैन । विदेशबाट पैसा आउँदा हेजिङको कुरा पनि छन् । हेजिङलाई सहज बनाउन सरकारसँग आग्रह गर्छु ।’