झापामा बैंक कर्मचारी बन्दी बनाउने दुर्गा प्रसाईंका कार्यकर्तालाई कारबाही गर्न बैंकरहरुको माग « Arthapath.com
२० मंसिर २०८०, बुधबार

झापामा बैंक कर्मचारी बन्दी बनाउने दुर्गा प्रसाईंका कार्यकर्तालाई कारबाही गर्न बैंकरहरुको माग



काठमाडौं । बैंक कर्मचारी माथि भएको धरपकड प्रति बैंकरहरुले आपत्ति जनाउँदै दोषीहरुलाई कारवाही गर्न माग गरेको छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा आपत्ती जनाएका हुन् । मंगलबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विर्तामोड, झापा शाखामा कार्यरत कर्मचारी माथि व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता घरपकड गरेका थिए ।

कर्जा नदिएको बन्दै बैंक कर्मचारीलाई बन्दी बनाएपछि बैंकरहरुले घोर निन्दा गरेका हुन् । उनीहरुले घटनामा संलग्न दोषीहरुलाई कारवाहीका लागि माग गरेका छन् ।

पछिल्लो समय केही व्यक्ति/समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणको घोर निन्दा गरेका हुन् । ‘आफ्ना ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनिय छ’–बैंकरहरुले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका गर्न जिम्मेवार नियकायहरुलाई ध्यानाकर्षण गराएका छन् । साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,–‘बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग माग गर्दछौं।’


प्रतिक्रिया दिनुहोस्