प्राइम बैंककाे डिसिईओकाे अफर देखाएर ढकाल ज्याेतिकाे सिईओ नियुक्त « Arthapath.com
२१ मंसिर २०८०, बिहीबार

प्राइम बैंककाे डिसिईओकाे अफर देखाएर ढकाल ज्याेतिकाे सिईओ नियुक्त



काठमाडाैं । ज्याेति विकास बैंककाे सिईओमा कपिल ढकाल नियुक्त भएका छन् । बुधबार साँझ बसेकाे संचालक समितिकाे बैठकले डिसिईओ रहेका ढकाललाई सिईओकाे नियुक्ती दिएकाे हाे ।

संचालक समितिले सिईओ नियुक्ति गर्न विलम्ब गरेपछि ढकाल प्राइम कमर्सियल बैंककाे डिसिईओकाे अफर लेटर लिएर बसेका थिए । त्यै प्राइम बैंककाे अफर लेटरलाई बार्गेनिङ गरेर ढकाल सिईओ नियुक्त भएका हुन् ।

गत माघमा एनआईसि एसिया बैंककाे एसिईओ छाडेर प्रकाश बरालसहित ज्याेति बैंक छिरेका कपिल ढकालले बैसाखमै सिईओ बनाउन बाेर्डलाई दबाब दिएका थिए । तर बैंकमा सिईओ रहेका श्रीचन्द्र भट्टले दुई साता अघिमात्र राजिनामा गरे ।

भट्टले छाेडेकाे १ सातामै कपिलले प्राइम बैंककाे डिसिईओकाे अफर लिएपनि ज्याेतिकाे संचालक समितिले सिईओ नियुक्ती गरेकाे हाे । उनिसँगै एनआईसिबाट आएका प्रकाश बराललाई सिनियर डिसिईओ बनाउन कपिलले जाेड दिएपछि त्यहाँ रहेका पुराना कर्मचारीविच लफडा सुरू भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्