बैंक कर्मचारी माथि धरपकड: नेपाल इन्भेष्टमेन्ट बैंकको थप स्पष्टीकरण, के हो वास्तविकता ?

काठमाडौं । गत मंगलबार विर्तामोड झापा बैंक कर्मचारी माथि केही समूहले गरेको धरपकडलाई यति बेला बैंक तथा वित्तीय संस्था लगायतकको क्षेत्रबाट आपत्ति व्यक्ति भईरेहका छन् ।
बुधवार मात्रै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र ने पाल वित्तीय संस्था संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बैंक कर्मचारी माथि गरिएको धरपकड प्रति आपत्ति जनाउँदै दोषीलाई कारवाहीका लागि माग गरेका छन् । सो घटनालाई लिएर व्यक्ति तथा विभिन्न संघसंस्थाहरुबाट पनि घोर निन्दा गरिरहेका छन् ।
गत मंगलबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) विर्तामोड झापा शाखाका बैंक कर्मचारीलाई केही अराजक समूहले कर्जा नदिएको भन्दै बन्दी बनाएका थिए । एनआइएमबि विर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई व्यवसायी दुर्गा प्रसाईका कार्यकर्ताहरुले बैंकको कार्यकक्षबाटै लगेर बन्दी बनाएका थिए । उनीहरुले कर्जा नदिएको भन्दौ इलाका प्रहरी कार्यालय पुर्याएका थिए । बैंक कर्मचारीलाई विभिन्न धम्की, गाली गलौज र अभद्र व्यवहारप्रति यति बेला चौतर्फी आलोचना भईरहेको छ ।
ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि हुने त्यस्ता खालको दुव्र्यवहार प्रति निन्दा गरिरहेका छन् । गत बुधवार भएको घटनाबारे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले थप स्पष्टीकरण दिएको छ ।
पछिल्लो समय सामाजिक संजालहरुमा बैंकले कर्जा नदिएको भन्दै गरिएको प्रचारबाजी गलत भएको स्पष्ट पारेको हो । बैंकको विर्तामोड शाखाबाट भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को तर्फबाट राजेश बास्कोटाले बैंक कर्जा लिएको उल्लेख छ ।
बास्कोटाले स्वीकृत गरेअनुसारको कर्जा चार महिना सम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिदै आएको अनुदान रकमबाट बन्चित गरिएको, बैंकले ब्यवसायनै बन्द गराएको जस्ता आरोप लगाउँदै सामाजिक संजालमा गलत प्रचारबाजी गरेको बैंकले जनाएको छ । बैंक विरुद्व प्रचारबाजी गर्दै, बैंकको कर्मचारीहरुलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमानै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पडकाईदिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरि देशको अत्यावश्यकिय सेवा अन्तर्गत राखेको बैैंकिङ्ग सेवा प्रवाहमानै अवरोध पुर्याउने जस्ता कार्य गरेको सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण समेत गराएको छ ।
भएको के हो ?
भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालिन मेगा बैंक नेपाल लिमिटेड) बाट बिभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । जसमध्ये बास्कोटा कृषि तथा पशुपालनको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको र भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. को नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भईसकेको बैंकले जनाएको छ । बाकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुदाँ कर्जा स्वीकृत गर्दाको शर्तहरु मुतावित प्रवाह नभएको बैंकले स्पष्टीकरण दिएको छ ।
‘ऋणीले आरोप लगाएअनुसार ऋणीलाई कर्जा स्वीकृत गरि चार महिना सम्म कर्जा प्रवाह नभएको भन्ने सम्बन्धमा ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजातहरु बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा सुविधा प्रवाह गर्न शुरु भएको अवस्था हो जसको प्रमाण बैंकसमक्ष सुरक्षित छदै नै छ’–बैंकले विज्ञप्ति मार्फत भनेको छ ।
स्वीकृत गरे अनुसार कर्जा प्रवाहको सम्बन्धमा ऋणीको २ वटा कम्पनीमध्ये बास्कोटा कृषी तथा पशुपालनको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको र फनपार्कको हकमा स्वीकृत भएको दिएको ऋण स्वीकृति पत्रमा स्पष्ट रुपमा उल्लेखित भए अनुसार ऋणीलाई आंशिक रुपमा कर्जा प्रवाह भईसकेको र बाँकी कर्जा परियोजनाको प्रगति नभए पश्चात प्रवाह हुन नसकेको बैंकले जनाएको छ ।
बास्कोटा कृषी तथा पशुपालनको नाममा सहुलियतपूर्ण कर्जाका लागि नेपाल राष्ट्र बैकको व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम कर्जा स्वीकृत भएको तथा सोही कार्यबिधिमा उल्लेखित ब्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने ब्यवस्था रहेको बैंकले स्मरण समेत गराएको छ । बैंकले भन्यो,‘ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुने हुदाँ सोहि बमोजिम ऋणीले उल्लेखित कार्यबिधि बमोजिम ब्याज अनुदान रकम बाहेकको रकम चुक्ता भुक्तान नगरे पश्चात ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य नभएको अवस्था हो ।’
ऋणीले प्रचारबाजी गरे अनुरुप बैंकले स्वीकृत गरे अनुसारको कर्जा प्रवाह नहुदाँ ब्यवसाय बन्द भएको भन्ने आरोप गलत भएको बैंकले जनाएको छ। सो कर्जा बास्कोटा कृषि तथा पशुपालनको नाममा स्वीकृत भए अनुरुप सम्पूर्ण कर्जा सुविधाको सीमा प्रवाह भई सकेको बैंकले जनाएको छ ।
बैंकको प्रतिनिधिले ब्यवसायको निरीक्षण गर्दा ब्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको बैंकले जनाएको छ । ऋणी खराब कर्जा अन्तर्गत समेत वर्गीकरण भईसकेको बैंकको भनाई छ । यसका साथै व्यवसाय संचालनमा नरहेको तथा निर्माण भएका संरचनाहरु समेत जिर्ण हुन लागिसकेको भिरपाखा रिसोर्ट एण्ड फनपार्कलाई पुनरुत्थान गर्ने उद्धेश्य स्वरुप यथाशिघ्र ब्यवसाय संचालन गर्ने शर्तमा बैंकले हालसालै पेश्की सहित केहि कर्जा सुविधा चरणवद्ध रुपमा प्रवाह हुने गरि ऋण स्वीकृति पत्र जारी गरको तर, ऋणीले आवश्यक कानुनी कागजातहरु पुरा नगरी अनावश्यक रुपमा सामाजिक संजालमा बैंक बिरुद्घ प्रचारबाजी गरेको बैंकले जनाएको छ । बैंकको कर्मचारीलाई निजी निवासबाटै अपहरण गर्ने जस्ता धम्की दिने कार्यले ऋणीको वास्तविक नियत आफनो व्यवसायको पुनरुत्थान गर्ने भन्दा पनि अन्य स्वार्थ पूर्ति गर्ने उद्धेश्यले प्रेरित रहेको बैंकको बुझाई छ ।
गत मंसिर १९ गते बैंकसँग भद्र सहमति भई नियामकको नियमभित्र रहि ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिवद्वता भएको र ऋणीले समेत सहमति जनाईसकेको अवस्थाका बाबजुत ऋणीले आफनो मनोमानी ढंगले बैंकलाई भनेजति कर्जा दिन दबाब दिन खोजेको बैंकले जनाएको छ।
ऋणीले परियोजना आफनो योजना अनुरुप संचालन गर्न नसके पश्चात आफ्नो गल्ति तथा कमजोरी ढाकछोप गर्न पुन: सामाजिक संजालहरुमा बैंक तथा बैंकका कर्मचारीका बिरुद्व विभिन्न नकारात्मक अभिव्यक्ति निराधार रहेको बैंकले जनाएको छ । उनीहरुलाई कारवाही गर्न बैैंकले माग गरेको छ । ऋणीले कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरुलाई गाली गलौज गर्ने, ज्यान मार्ने तथा बम पडकाईदिन्छु भनि धम्की दिने गरेको बैंकको भनाई छ ।