बैंकका कर्मचारीलाई बन्धक बनाउनु अघि दुर्गा प्रसाईँले फोनबाट यसरी धम्क्याएका थिए
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीलाई बन्धक बनाउनु अघि दुर्गा प्रसाईँले फोनबाट धम्क्याएको ‘टेलिफोन रेकर्ड’ अर्थपथलाई प्राप्त भएको छ । उक्त रेकर्डमा प्रसाईँले गालिगलौज र छाडा शब्दहरुको प्रयोगमात्रै गरेका छैनन्, ज्यान मार्ने धम्कि पनि दिएका छन् ।
भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि र बास्कोटा कृषि तथा पशुपालन प्रालिका मालिक राजेश बास्कोटाले तत्कालिन मेगा बैंकबाट कर्जा स्वीकृत गराएका थिए ।
तर अहिले उनी चार महिनादेखि स्वीकृत कर्जा समेत प्रवाह नगरेको भनेर सामाजिक सञ्जालमार्फत् बैंकको विरोधमा उत्रिएका छन् । उनी अहिले अराजक भीडका सरदार बनेका दुर्गा प्रसाईँको कार्यकर्ताका रुपमा चिनिएका छन् ।
यही कर्जा विबादलाई लिएर बैंकले लामो विज्ञप्ती पनि जारी गरेको छ । उक्त विज्ञप्तीमा बास्कोटो कृषि तथा पशुपान प्रालिका नाममा स्वीकृत सबै कर्जा प्रवाह भइसकेको र रिसोर्टको कर्जा भने आंशिक रुपमा प्रवाह भएको बैंकले उल्लेख गरेको छ ।
परियोजनामा आधारित कर्जा भएका कारण कामको प्रगतिका आधारमा कर्जा थप्दै जाने नियम हुन्छ । तर बास्कोटाले ऋण लिएर काम नगरेपछि थप कर्जा रकम निकासा दिन नसकिएको बैंकले स्पष्ट पारेको छ । त्यतिमात्र होइन, बास्कोटाको कृषि फर्मले पनि लामो समयदेखि किस्ता नतिरेपछि नेपाल राष्ट्र बैंकबाट प्राप्त गर्ने सहुलियत पूर्ण कर्जा (ब्याज अनुदान) समेत नपाउने अवस्था आएको विज्ञप्तीमा भनिएको छ ।
तर दुर्गा प्रसाईँले जबरजस्ती कर्जा रकम खातामा नपठाएको भनेर बैंकका कर्मचारीलाई नै धरपकड गरी प्रहरी कार्यालयमा दाखिल गराएका छन् । यस घटनाको वित्तीय क्षेत्रका सबै नेतृत्वदायी संघसंस्थाले विरोध गरेका छन् ।
यसै बीच, बैंकको बिर्तामोड शाखाका कर्मचारी दिनेश पनेरूलाई धरपकड गर्नुअघि दुर्गा प्रसाईँले उनलाई फोन गरेर दिएको धक्मिसहितको सम्बादको सम्पादित अंश यस्तो छ ।
पनेरूः दाजु, गुड मर्निङ ।
प्रसाईँः गुडमर्निङ बाबु, अनि त्यो एउटा काम अहिलेसम्म गरिदिएको रहेन छ । केइ न कामले झुक्याएको तिमीहरुले मलाई ?
पनेरूः ए, ए, ए, दाइ बोल्नु भा हो ? दाइ नमस्कार है ।
प्रसाईँः अँ अँ । मु..एक महिना, डेढ महिना लाग्छ ?……तिम्रोमा हाल्न लाइदिउँ, प्रेसर कुकर जाँ.. लगेर ?
पनेरूः दाइ के गर्ने ? हामीबाट नभएर हामीहरुले माथिबाट ल्यायौं । म्यानेजमेण्टलाई बोलाएर ल्याएको हो । हजुरहरुसँग कुरा गराएकै हो । हैन ? हामी यसमा के गर्न सक्छौं दाइ, भन्नु न ।
प्रसाईँः तिमीहरुले अनि चिन्नु न जान्नु मसँग मु… यहाँ आएर पैसा हामी गरिदिन्छौं भनेर मेरो आँगनमा बसेर पैसा लगेको ?
पनेरूः त्यतिखेर त त्यही कुरा भएको थियो नि ।
प्रसाईँः तिमी मु…, मु… जितिमहरुको टाउको उडाइदिन्छन् नि मान्छेले । ……झुक्याउँछौ तिमी ?
पनेरूः होइन दाइ, यस्तो हो नि त कुरो । हामीहरुले हाम्रो पार्टबाट नभएर हामीले म्यानेजमेण्टलाई लिएर आयौं । म्यानेजमेण्टसँग कुरा भएकै हो । हैन ?
प्रसाईः …..आज, आज नभए गएर यो मु…लाई, त्यसको घरबाट निकालेर ल्याउ त त्यो म्यानेजरलाई । मसित…. झुक्याउँछ मादरचुत । झुक्याउने ?…घरमै जाऊ मु… घरमै जाऊ । ए केटा हो, जाओ । घरमै गएर त्यसको आमा बाऊ जम्मै राखेर ल, मु… गर ल । तँ मु…ले के खोजेको ? ..तेरो घरमा आउँदै छन् मान्छे ।
त्यसपछि उनले आफ्ना हुलका युवालाई नामले बोलाउँदै ‘तिमी पनि जाउ’ भन्छन् । अर्को व्यक्तिको आवाज आउँछ, ‘एउटा गाडीमा हिँड ।’