घटाएपछि कति कायम गर्यो माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर ?

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले आजै अर्थात् मंसिर २६ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर कायम गरेको छ ।
नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.६० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । तर, यसअघि भने बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १०.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
यस्तै, संस्थागत तर्फ पनि ७.६० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले बचतमा ४.६० देखि ७.६० प्रतिशतसम्म ब्याज रहेको छ ।
