क्रेडिट कार्ड मार्फत ५ अर्ब कर्जा प्रवाह « Arthapath.com
२२ असार २०८२, आईतबार

क्रेडिट कार्ड मार्फत ५ अर्ब कर्जा प्रवाह



काठमाडौं । क्रेडिट कार्डमार्फत बैंकहरुले ५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको देखिएको छ । बैंकहरुले क्रेडिट कार्ड मार्फत ग्राहकहरुलाई बिना धितो निश्चित सिमाको कर्जा सुविधा दिएका हुन्छन् ।

चालु आवको असोज मसान्तसम्म आउँदा त्यस्तो कर्जाको बक्यौता ५ अर्ब ९ करोड १० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । गत भदौसम्म यस्तो कर्जाको बक्यौता भने ५ अर्ब ९ करोड ३० लाख थियो ।

गत आवको असार मसान्तसम्म क्रेडिट कार्ड मार्फत ४ अर्ब ५२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यसपछि थप तीन महिनामा यस्तो कर्जा प्रवाह ५ अर्ब माथि पुगेको हो ।

त्यसमा बाणिज्य बैंकको मात्रै कर्जा प्रवाह ५ अर्ब ८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसैगरि बिकास बैंकले क्रेडिट कार्ड मार्फत ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वित्त कम्पनीले भने क्रेडिट कार्ड मार्फत कर्जा प्रवाह नगरेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्