बैंकहरुबाट २० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरुबाट २० अर्ब बराबरको निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधीको लागि राष्ट्र बैंकहरुबाट सो बराबरको निक्षेप तान्नको लागेको हो ।
आज दिउँसो अनलाइन बिड गरेर सो बराबरको निक्षेप तान्ने सुचना राष्टै बैंकले सार्वजनिक गरेको छ । बैंकहरुले व्याजदरमा बोलकबोल गरेर राष्ट्र बैंकमा पैसा राख्न सक्नेछन् । त्यसपछि राष्ट्र बैंकले पुस १२ गते बैंकहरुको साँवा र व्याज भुक्तानी गर्नेछ ।
एक बैंकले घटीमा १० करोड रुपैयाँ निक्षेप राख्ने गरि बोलकबोल गर्नुपर्नेछ । बढीमा भने ५ करोडले भाग गदा नि:शेष भाग जाने बराबरको रकम बोलकबोल गर्नुपर्नेछ । बैंकहरुले त्यसरी राखेको निक्षेप अन्य बैंकहरुमा धितो रुपमा समेत प्रयोग गर्न सकिने छ । यसबाहेक यसमा राष्ट्र बैंकले तोकेका शर्त तथा सुविधाहरु लागू हुनेछन् ।
कर्जा प्रवाह नबढेर अहिले बैंकहरुमा निक्षेप थुप्रीएको छ, त्यो अवस्थामा राष्ट्र बैंकको यो कदमले बैंकहरुलाई केही राहत हुने देखिन्छ ।