ज्योति विकास बैंकले लाभांश नबाँड्ने « Arthapath.com
४ पुष २०८०, बुधबार

ज्योति विकास बैंकले लाभांश नबाँड्ने



काठमाडौं । ज्योति विकास बैंकले पनि यो वर्ष सेयरधनीहरुको हात रित्तो बनाएको छ । बैंकको बधुवार बसेको संचालक समितिको बैठकले यो वर्ष कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक स्वीकृतिको लागि पेश गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्