कति तोक्यो कुमारी बैंकले घटाएपछि नयाँ ब्याजदर ?

काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले आगामी माघ महिनाका लागि ब्याजदर घटाएको हो ।
माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । तर, अधिकतममा ८.११ प्रतिशत ब्याजदर तोकेको छ ।
पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत र संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ ।बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज प्रदान गर्ने भएको हो ।
यता, संस्थागत मुद्दतिमा भने न्यूनतम ५.२५ प्रतिशत र अधिकतम ६.११ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
