नाफामा नम्वर वान् मुक्तिनाथ विकास बैंक: गरिमा र शाइन रेसुङ्गा शीर्ष सूचीमा, कसले कति कमाए ? « Arthapath.com
२१ असार २०८२, शनिबार

नाफामा नम्वर वान् मुक्तिनाथ विकास बैंक: गरिमा र शाइन रेसुङ्गा शीर्ष सूचीमा, कसले कति कमाए ?



काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले पाँच महिनामा सवा दुई अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकहरुले २ अर्ब १६ करोड २३ लाख ६० हजार रुपैयाँ बढी नाफा कमाएका छन् । नाफामा मुक्तिनाथ विकास बैंककै अग्रता कायमै छ । समिक्षा अवधिमा बैंकले ४५ करोड ९३ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । नाफामा प्राय: मुक्तिनाथ नै अग्रस्थान कायम गर्दै आएको छ ।

दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले पनि पाँच महिनामा ३८ करोड ६७ लाख ८० हजार रुपैयाँ बढी नाफा कमाएको छ । अधिकांश सूचकमा अब्बल मानिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि ३० करोड २४ लाख बढी खुद नाफा कमाएको छ ।

यस्तै, लुम्बिनी विकास बैंकले २४ करोड ४३ लाख, महालक्ष्मी विकास बैंकले २१ करोड ७० लाख, ज्योति विकास बैंकले १९ करोड ९९ लाख, कामना सेवा विकासले १९ करोड ६७ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्