माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख नाफा: ब्याज आम्दानी साढे दुई अर्ब, इपिएस कति ? « Arthapath.com
१० असार २०८२, मंगलबार

माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख नाफा: ब्याज आम्दानी साढे दुई अर्ब, इपिएस कति ?



काठमाडौं । माछापुच्छ्रे बैंकले ६ महिनामा ८० करोड बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पुस मसान्तसम्ममा बैंकले ८० करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २१.४५ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ८० लाख रुपैयाँ बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा घटेसँगे नाफा प्रभावित भएको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा १.४१ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा भने बढेर २.६२ प्रतिशत पुगेको छ । यसले पनि नाफा वृद्धिमा असर गरेको छ । यता, बैंकको वितरणयोग्य नाफा पनि २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ राखेको छ ।

बैंकको निक्षेप संकलन पनि १.१० प्रतिशतले घटेर १ खर्ब ५२ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने तीन प्रतिशतले बढेर १ खर्ब २९ अर्ब ९१ करोड २९ लाख रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्