कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, कसरी दिने आवेदन ? « Arthapath.com
११ फाल्गुन २०८०, शुक्रबार

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, कसरी दिने आवेदन ?



काठमाडौं । कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वमा रहेको यस बैंकले विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको हो ।

बैंकले शाखा प्रमुख र बरिष्ठ लेखा अधिकृत (सि.ए.) पदका लागि २/२ जना, व्यवसाय अधिकृतका लागि ३२ जना, कम्प्युटर अधिकृत २, इन्जिनियर आइटी अधिकृत १, कर्जा अधिकृत ६ जना माग गरेको छ ।

यस्तै, बैंकले सहायक स्तरको प्रशासन तर्फ व्यवसाय सहायक १६ जना, कानून सहायक १, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना माग गरेको छ।

बैंकको चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका पद र तहमा खुला तथा समावेशी प्रतियोगितद्वारा पदपूर्ति गर्न लागेको हो । लोक सेवा आयोगबाट फागुन १० गते प्राप्त सहमति अनुसार तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले आजैदेखि अनलाइन दरखास्त दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्